35.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

जापानी इन्सेफ्लाइटिस संक्रमण चितवनमा घातक, चार जनाको मृत्यु

चितवन,०६ भदौ । चितवनमा जापानी इन्सेफ्लाइटिसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ ६ गतेसम्म दुई महिला सहित चार जनाको मृत्यु पुष्टि भएको हो।

मृत्यु हुनेहरू भरतपुर महानगरपालिका–२ बाट दुई जना, कालिका नगरपालिका र राप्ती नगरपालिका क्षेत्रबाट एक–एक जना रहेको जनाइएको छ। मृतकहरूको उमेर ७० देखि ८१ वर्षको बीचमा रहेको छ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख डा. दिनेश रुपाखेतीका अनुसार साउनयता चितवनमा कुल १३ जनामा जापानी इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको छ। बालबालिका पनि उच्च जोखिममा रहे पनि अहिलेसम्म १५ वर्षमुनिका दुई जना मात्र संक्रमित देखिएका छन्।

विश्व स्वास्थ्य सङ्गठन (WHO) को मापदण्ड अनुसार एउटै वा आसपासका दुई वडामा दुई जना संक्रमित भेटिएमा त्यो क्षेत्रलाई महामारी क्षेत्र मानिन्छ। सोही अनुसार भरतपुर, खैरहनी र कालिका नगरपालिका उच्च जोखिममा परेका छन्।

यो वर्ष हालसम्म नेपालभरि जापानी इन्सेफ्लाइटिसबाट १३ जनाको मृत्यु भइसकेको जनाइएको छ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सम्भावित जोखिमका कारण जिल्लाभरिका सबै स्थानीय तहलाई सतर्कता अपनाउन निर्देशन दिइएको छ। उनले कुनै पनि व्यक्ति वा बालबालिकामा संक्रमणको लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा पुर्‍याएर उपचार प्रक्रिया सुरु गर्न आग्रह गरेका छन्।

जनस्वास्थ्य कार्यालयले नागरिकलाई लामखुट्टेबाट जोगिन घर वरिपरि सरसफाइ गर्न, झुल प्रयोग गर्न र आवश्यक परेमा चिकित्सकको सल्लाह लिन पनि अनुरोध गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here