35.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

त्रिभुवन विमानस्थलमा मौसमको असर: उडान ढिलाइ र जहाज आकाशमै होल्ड

काठमाडौं,०६ भदौ । काठमाडौं उपत्यकामा केही बेरअघिदेखि परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।

अत्यधिक पानीका कारण भिजिबिलिटी कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका जहाजहरू अवतरण गर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् । हाल, कतारको दोहाबाट आएको कतार एयरवेज, दिल्लीबाट आएको भिस्तारासहित पाँचभन्दा बढी आन्तरिक उडानका जहाजहरू अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् । वर्षा रोकिएपछि मात्र उडानहरू सामान्य हुनेछन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here