29.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

बहुअरीमा सडक दुर्घटना : पैदलयात्रीको ज्यान गयो, चालक फरार

वीरगंज,०३ भदौ । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा पिकअप गाडीको ठक्करबाट ९० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ।

प्र.२–०३–००१ च १७९४ नम्बरको पिकअपले ठक्कर दिँदा सोही स्थानका कुवर राउत कुर्मी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएको थियो, तर उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पिकअप चालक ठक्कर दिएर फरार भएका छन्। प्रहरीले हाल चालकको खोजी कार्य जारी राखेको प्रहरी कार्यालय परवानीपुरले जानकारी दिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here