26.7 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

बालसुधार गृहमा आत्मनिर्भरता : सात दिने मैनबत्ती तालिम सम्पन्न

वीरगंज,१ भदौ । सानोपाइला संस्थाको आयोजनामा तथा क्वेष्ट फर्माको आर्थिक सहयोगमा वीरगंजस्थित बालसुधार गृहमा सात दिने मैनबत्ति बनाउने सीपमूलक तालिम सम्पन्न गरिएको छ। ‘प्रकाश प्रोजेक्ट’ अन्तर्गत सञ्चालित उक्त तालिमको पहिलो चरणमा बालसुधार गृहमा रहेका १५ जना बालबिज्ञयीहरू सहभागी थिए।

सात दिनसम्म सञ्चालन भएको तालिममा सहभागी बालबालिकाहरूले विभिन्न प्रकारका सजावटी मैनबत्ति बनाउने सीप सिकेका छन्। तालिमपछि आज आयोजित समापन समारोहमा उनीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।

समारोहका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा रहेका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता तालिमको आयोजना गरिनु सकारात्मक पहल भएको बताए। “यो तालिम बालबालिकालाई आत्मविश्वासी बनाउने, व्यवहारिक सीप सिकाउने र जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बन्न सक्छ,” उनले भने।

प्रशिक्षक विपिन उपाध्यायका अनुसार तालिममा मोम पगाल्ने प्रविधि, रंग संयोजन, विभिन्न ढाँचा र डिजाइनमा मैनबत्ति बनाउने सीपहरू सिकाइएको थियो।

कार्यक्रममा प्रकाश प्रोजेक्टकी संयोजक शुश्मा गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, सानोपाइला संस्थाका कार्यक्रम संयोजक राजकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, क्वेष्ट फर्माका उमेश श्रेष्ठ, राष्ट्रिय समाचार समितिका प्रमुख हिमाल लम्साल, अभिलाष गुप्ता, प्रह्लाद चौरसिया लगायतको उपस्थिति रहेको थियो।

आयोजक संस्थाका अनुसार बालअधिकार, सुधार तथा पुनर्स्थापना अभियानमा टेवा पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। साथै, बालबालिकाले उत्पादन गरेका मैनबत्तिहरूको बजार व्यवस्थापन गरी उनीहरूलाई आम्दानीमुखी बनाउने योजना पनि रहेको जानकारी दिइएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here