26.7 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

९ नेपालीसहित २३ जनाको मृत्यु, कुवेतमा दूतावासले जारी गर्‍यो सचेतना सूचना

काठमाडौँ,३१ साउन । कुवेतस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारलाई विषाक्त रक्सी तथा स्वास्थ्यका लागि हानिकारक पेयपदार्थ सेवन नगर्न आग्रह गरेको छ ।

दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा विषाक्त रक्सी सेवनका कारण हालसम्म केही नेपालीको ज्यान गइसकेको र ३५ जना नेपाली अस्पतालमा उपचाररत रहेको जनाएको छ । मृतकको आधिकारिक संख्या खुलाइएको छैन तर कम्तीमा ९ जना नेपालीले ज्यान गुमाएको बुझिएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मेथानोल मिसावट गरिएको रक्सी सेवनका कारण हालसम्म १६० भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । तीमध्ये २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतकमध्ये धेरैजसो एशियाली मुलुकका नागरिक रहेको पनि मन्त्रालयले जनाएको छ ।

दूतावासले नेपाली समुदायलाई सावधानी अपनाउन, विषाक्त वा अवैध मदिरा सेवन नगर्न, स्वास्थ्यमा समस्या देखिए तत्काल नजिकैको अस्पताल सम्पर्क गर्न र आवश्यक परे दूतावाससँग समन्वय गर्न आग्रह गरेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here