13.1 C
Birgunj
spot_img

जनकपुरधाममा पत्रकारमाथि आक्रमण, पत्रकार महासंघको भर्त्सना

जनकपुरधाम । नेपाल पत्रकार महासंघले जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको कडा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।

महासंघका अनुसार, मधेश प्रदेश समिति कार्यालय भवन निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिका–१ श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न गरिएको प्रयासप्रति आपत्ति जनाउँदै पत्रकारहरू पुगेका बेला साउन २७ गते साँझ भएको घटनामा प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र झा, पत्रकार दिवाकर साह, विनिता यादव लगायतलाई लक्षित गर्दै आक्रमण गरिएको हो।

घटनामा मधेश प्रदेशका महासचिव कान्तिलाल खुट्टा भाँचिएको र पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको महासंघले जनाएको छ। महासंघले घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रेस स्वतन्त्रतामाथि भएको यस आक्रमणलाई लोकतान्त्रिक मूल्य–मान्यतामाथिको धक्का भनेको छ।

महासंघले विज्ञप्तिमा दोषीलाई तत्काल कारबाही गर्न, घाइते पत्रकारको उपचार सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने ग्यारेन्टी गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here