26.7 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

नेपालबाट भारतलाई थप २०० मेगावाट विद्युत निर्यातको सहमति

काठमाडौँ,२७ साउन । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादित थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यसअघि अनुमति प्राप्त ८१०.९ मेवामा थप २०० मेगावाट निर्यात गर्न सहमति दिएको छ ।

अब नेपालबाट यसअघि अनुमति प्राप्त ८१०.९ मेवामा र थप २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ । बङ्गलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो पटक श्रावण २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि रहेको छ । यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् निर्यात हुनेछ ।

आर्थिक वर्ष २०८१/०८२ मा नेपालबाट १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । त्यसमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतिले चालु आर्थिक वर्षमा निर्यात दोब्बर हुने अनुमान प्राधिकरणले गरेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here