26.7 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

पर्सामा नुहाउने क्रममा डेढु खोलामा दाजुभाइको डुबेर मृत्यु

वीरगंज,२७ साउन । नुहाउन पर्सामा रहेको डेढु खोला गएका दाजुभाइको डुबेर मृत्यु भएको छ ।

ठोरी गाउँपालिका–२ हनुमाननगरका ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायतको डुबेर मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

उनीहरु मंगलबार बिहान विद्यालय जानुअघि घर नजिकै रहेको उक्त खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा डोजरले खनेको खाल्डोमा परेका उनीहरुको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

पानीमा तैरिरहेको अवस्थामा स्थानीयले उद्दार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here