26.7 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

यु-२० महिला एसियन कप छनोटमा सहभागिता पछि स्वदेश फर्कियो नेपाली टिम

काठमाडौं,२६ साउन । एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट स्वदेश फर्किएको छ ।

घर फर्किनुअघि नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० को पराकिलो हार व्यहोरेको थियो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।

छनोटमा नेपालले ३ खेल खेलेर ४ अंकमात्रै जोड्न सक्यो । नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो ।

नेपाल रहेको समूहबाट सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंकका साथ समूह विजेता बनेर अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपमा छनोट भयो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here