13.1 C
Birgunj
spot_img

बिरगंजको पिपरास्थित पशुपतिनाथ मन्दिरमा चोरी

वीरगञ्जको चिनिमेल पिपरा क्षेत्रमा अवस्थित प्रसिद्ध पशुपतिनाथ मन्दिरमा गए राति चोरी भएको घटना सार्बजनिक भएको छ।

सोमबार रातिको समयमा मन्दिरभित्र राखिएका ४ वटा दानपेटिकाहरूको ताला फुटाई ती दानपेटिकामा रहेको पैसा  चोरी भएको हो।

सोमबार परेको श्रावण महिनाको अन्तिम  सोमबारे मेलाका कारण मन्दिरमा श्रद्धालुहरूको भीड बढी रहेको थियो।  सोही मौका छोपी चोरहरुले मन्दिरको पैसा चोरेको हुनस्कने स्थानीयहरुको भनाई रहेको छ। भक्तजनहरुले चढाएको पैसा बढी नै रहेको स्थानीयको अनुमान छ। यही भीडलाई लक्षित गर्दै सोमबार रातको समयमा अज्ञात व्यक्तिहरूले दान पेटिका को ताल्चा फोडी पैसा चोरी गरेको स्थानीय गोबिन्द  पटेलले आजतक दैनिक लाई बताए ।

दिनानुदिन मन्दिरहरुमा यस्तो चोरीको  घटनाले स्थानीय श्रद्धालु तथा सर्वसाधारणमा चिन्ता र आक्रोश फैलिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here