13.1 C
Birgunj
spot_img

पोखरियामा परालभित्र लुकाइएको ४० किलो गाँजा बरामद

वीरगंज,१६ साउन । इलाका प्रहरी कार्यालय पाेखरियाले शुक्रबार दिउँसो ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएकाे प्रहरी टाेलीले पकाहाँ मैनपुर गाउँपालिका–२, सुर्जाहाबाट परालभित्र लुकाएर राखिएको अवस्थामा ४० किलोग्राम गाँजा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक स्वरुप शर्माकाे नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त गाँजा परालभित्र तीनवटा बोरामा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । बारामद भएकाे लागु औषध गाँजा बारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

यसअघि असार ३२ गते पनि सोही गाउँबाट प्रहरीले करिब २०० किलोग्राम गाँजा बरामद गरेको थियो । गाँजा लुकाउने वा संलग्न व्यक्तिको खोजी पनि तीव्र पारिएको प्रहरीले जनाएकाे छ ।

पर्सा प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणमा विशेष ध्यान दिँदै कडाइका साथ निगरानी बढाएको जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here