13.1 C
Birgunj
spot_img

प्याजको भाउ घट्यो, किलोको कति ?

काठमाडौं,११ साउन । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको तथ्यांकले प्याजको भाउ घटेको देखाएको हो ।

आज आइतबार कालीमाटी बजारमा प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ३८ रुपैयाँसम्म किनबेच भइरहेको छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँसम्म किनबेच भएको थियो ।

यस्तै शुक्रबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि ३९ रुपैयाँमा किनबेच भएको थियो । दुई साताअघि प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।

अहिले बजारमा नेपाली र भारतीय दुवै प्याज किनबेच भइरहेका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here