31.2 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

माछापोखरीमा सिक्री लुटपाटमा संलग्न समूह पक्राउ

काठमाडौं,११ साउन । गलामा लगाएको सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँ बस्ने २६ वर्षीय मिलन तामाङ छन् । उनीहरुले माछापोखरीबाट एक महिलाको गलाको सिक्री लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

यो समूहले शनिबार साँझ साढे बजे ति महिलाको सिक्री लुटेका थिए । २ तोल २५ ला अर्थात प्रचलित मूल्य अनुसार ४ लाख ३८ हजार बराबरको सिक्री लुटेको प्रहरीले बताएको छ ।

खोजीको क्रममा शनिबार राति १२:३२ बजे उनीहरुलाई माछापोखरीबाटै पक्राउ गरिएको बोहराले बताए ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट एक थान सिक्री र दुई थान मोबाइल बरामल भएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here