बिरगंज साउन ,
बिरगंजको रानि सतिमा धर्मशालामा सम्पन्न कम्युनिस्ट पार्टीहरुको बैठकले सयुक्त बाम अभियान पर्सा गठन गरेको छ ।
प्रत्येक पार्टीको जिल्ला अध्यक्ष वा एक जना प्रतिनिधि रहने गरि कमिटी गठन गरेको हो ।नेकपा( एकीकृत समाजबादि)पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा बसेको बैठक ले कमिटीको नेतृत्व प्रत्येक दलले तिन तिन महिनाको लागि आलोपालो गर्ने निर्णय भएको नेकपा (एकीकृत समाजबादि )मधेस प्रदेश कमिटी सदस्य सुबेदार यादवले बताए ।
बैठकले कमिटीको पहिलो चरणको नेतृत्व नेकपा एस का जिल्ला अध्यक्ष बालगोपाल थापाले गर्ने निर्णय समेत भएको यादवले बताए ।
सो बैठकमा अमेरिकले प्यालेस्टाइन माथि गरेको आक्रमणका विरुद्ध श्रावण ११ गते बेलुका ६ बजे घन्टाघरमा प्लेकार्ड सहित प्रदर्शन गर्ने निर्णय भएको बताइएको छ ।
जनता संग प्रत्येक्ष सरोकार राख्ने तमाम मुद्दामा अभियानमा सम्मेलित सबै दलले सझा मुद्दा बनाइ अगाडि बढने सहमति भएको यादवले बताए ।
बैठकमा नेकपा माओबादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य बाबुराम कैशिक , निबर्तमान जिल्ला संयोजक रामदरश कुश्वाहा ,महमद सलाम , नेकपा एस का बिक्रम चौरसिया , बृजलाल पासवान रास्ट्रिय जनमोर्चाका अच्छेलाल साह , हिमाल चन्द्र गौतम ,नेपाल मजदुर किसान पार्टीका सरोज साह , बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टीको धनबहादुर श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका फिरोज सिको उपस्थिती रहेको थियो ।

