31.2 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

उदयपुरबाट एक वर्षमै ८ हजार बढीले बनाए राहदानी

उदयपुर,१० साउन । एक वर्षको अवधिमा उदयपुरका झण्डै साढे आठ हजार जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असार मसान्तसम्ममा जिल्लाभरिबाट आठ हजार ३६५ जनाले राहदानी लिएका हुन् ।

राहदानी लिनेमध्ये पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । राहदानी लिनेहरुमा पाँच हजार ६४२ जना पुरूष रहेका छन् भने दुई हजार ७२२ जना महिला रहेका छन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार वैदेशिक रोजगारीमा जाने प्रयोजनकै लागि राहदानी बनाएको प्रारम्भिक अध्ययनले देखाएको छ । देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा र श्रमको मूल्य नपाउँदा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या निरन्तर वृद्धि हुँदै गएको जिल्लाका जानकारहरूले बताउँदै आएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here