13.1 C
Birgunj
spot_img

वीरगञ्ज-१४ स्थित रहेको नर्सिङ मठमा मध्यराति चोरी, एक लाख बराबरको चोरी 

वीरगञ्ज, साउन ९
वीरगञ्ज महानगरपालिका वाड नम्बर –१४ मा अवस्थित प्रसिद्ध नर्सिङ मठमा बिहिवार राति चोरी भएको छ। रातको समयमा मठको झ्याल फोरेर अज्ञात व्यक्तिहरूले मठभित्र प्रवेश गरी करिब एक लाख रुपैयाँ बराबरको सामग्रीहरु चोरेका छन्।

चोरहरूले मठमा रहेको पीतलका तावा, प्रसाद पकाउने भाँडाकुँडा तथा अन्य पितलबाट बनेकाका धातु सामग्रीहरू समेत चोरेर लगेका छन्। चोरीको घटना बिहान मठ का महन्थ पुजेरुबाबालाई थाहा भएपछि  स्थानीयहरू खबर गरेपछि थाहा भएको स्थानीय मन्दिर गोष्ठी कमिटिका अध्यक्ष राम सेवक भगत बताउछन्  । स्थानीय बासी का अनुसार राती को समय मा लागू औषध दुर्व्यसनिहरुले मन्दिर परिसरमा तथा नयाँ बनेको स्कुल छात्रा बासमा राती अबेर सम्म बस्ने गर्छ्न ।

घटनास्थलमा अहिले सम्म प्रहरी नपुगेको स्थानीय भगत बताए । मठ व्यवस्थापन समितिका अनुसार चोरी भएको सामग्रीहरु मठमा दैनिक पूजाआजा र प्रसाद तयारीका लागि प्रयोग हुँदै आएको थियो।

यस बिषय मा स्थानीय प्रहरी प्रसान को चाँडै ध्यानाकर्षण होस् र चोरहरुको पहिचान गरी आवश्यक कारबाही तथा राती को समय मा लागू औषध दुर्व्यसनिहरुलाई मन्दिर परिसरबाट धपाउने कार्य होस ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here