वीरगंज,०८ साउन । बाराकाे परवानीपुर गाउँपालिकाकाे नवनिर्मित प्रशासनिक भवनको उद्घाटन भाेली शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
वडा नं. ३ लिपनीमालमा नवनिर्मित गाउँपालिकाकाे प्रशासनिक भवन नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम रहेकाे परवानीपुर गाउँपालिकाले जनाएकाे छ ।
गाउँपालिका अध्यक्ष रामक्ष्मी प्रसाद कुर्मीका अनुसार गाउँपालिकाको केन्द्रमा अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएसँगै यसको उद्घाटन गरिने भएको हो । प्रधानमन्त्री ओली प्रमुख अतिथी रहेकाे उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै अन्य उच्चपदस्थ सरकारी अधिकारी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सञ्चारकर्मी र स्थानीय नागरिकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
यस अघि नै नवनिर्मित भवनकाे गाउँपालिकाले पुजापाठ गरिसकेकाे छ । औपचारिक रुपमा भवन उद्घाटन भइसकेपछि गाउँपालिकाकाे कार्यालय संचालनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार राैनियारले वताए ।

