13.1 C
Birgunj
spot_img

सशस्त्र प्रहरीको सर्लाही कारबाही: तस्करीका चुरोट र कपडा जफत

वीरगंज,०८ साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारस्थित एक गोदाममा सशस्त्र प्रहरीले बुधवार राति छापा मारेर लाखौँ मूल्यको तस्करीको कपडा र चुरोट बरामद गरेको छ ।

सशस्त्र प्रहरी १० नम्बर गण हेडक्वार्टर सर्लाहीका गणपति, प्रहरी उपरीक्षक (एसपी) देवबहादुर चन्द र मलंगवा भन्सार कार्यालयका भन्सार अधिकृत डम्बरबहादुर बस्नेतको संयुक्त टोलीले तस्करीको कपडा र चुरोट बरामद गरेको हो ।

प्रारम्भिक अनुसन्धानका आधारमा बरामद गरिएका करिब २८ देखि ३० पोका कपडा र चुरोट भारतबाट तस्करी गरी ल्याइएको आशङ्का गरिएको छ ।

एसपी चन्दका अनुसार, बरामद सामानको मूल्य यकिन गर्ने गरेर भन्सार दाखिला गरिनेछ ।

जिल्लाको सङ्ग्रामपुर, पर्सा र नारायणपुर नाकाबाट ठूलो परिमाणमा तस्करीको सामान भित्रिएको सूचनाका आधारमा छापामारी गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी प्रमुख एसपी चन्दले उल्लेखनीय सक्रियता देखाएका छन् । बरामद सामानको मूल्याङ्कन र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here