13.1 C
Birgunj
spot_img

विपद् व्यवस्थापनमा ड्रोन प्रयोगका लागि सहमति

काठमाडौँ,०६ साउन । सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ ।मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) सङ्घ/नेपाल ड्रोन सङ्घबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार प्राधिकरणको समन्वयमा सङ्घले निःशुल्क विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिए । कुनै ठाउँमा विपद् भए ड्रोन प्रयोग गरेर खोज र उद्धारका साथै आवश्यकताका आधारमा राहत समेत उपलब्ध गराउन सकिने उनको भनाई छ ।

गृहमन्त्री लेखकले अहिले विपद्को प्रतिकार्य खोज, उद्धार राहतका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको उल्लेख गरे ।विपद्को पूर्व सूचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने काममा मन्त्रालय निकै अगाडी बढिसकेको मन्त्रीले लेखकले जानकारी दिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here