13.1 C
Birgunj
spot_img

ठोरी स्काई वाक टावर : नयाँ पर्यटकीय केन्द्रमा बढ्दो चहलपहल

वीरगंज,०३ साउन । पर्साको ठोरी गाँउपालिका वडा नम्बर २ स्थित गोले डाँडाको रेड हिल पार्कमा स्काई वाक भ्यु टावर निर्माण गरि सञ्चालनमा ल्याएपछि त्यहाँ घुम्न आउने पर्यटकहरुको संख्या बढेको छ ।

रेड हिल पार्कमा ३१ लाख रुपैयाँको लागतमा स्काई वाक भ्यु टावर निर्माण गरि गत बैशाख दोस्रो सातादेखि सञ्चालनमा ल्याएको थियो । स्काई वाक भ्यु टावर सञ्चालनमा आएदेखि नै रेड हिल पार्कमा घुम्न आउने स्वदेशी र भारतीय पर्यकटहरुको संख्या बढेकोे निर्मल ठोरी उपभोक्ता समितीले जनाएको छ । उक्त स्काई वाक भ्यु टावरमा दैनिक ६० भन्दा बढी पर्यटकहरु भ्रमण गर्न आउने गरेका छन् । सञ्चालनमा आएको तीन महिनामै स्काई वाक भ्यु टावरमा टिकट काटेर २ लाख ५० हजार रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ ।

सञ्चालनमा आएको तीन महिनामै स्काई वाक भ्यु टावरमा करीब ६ हजार जनाले टिकट काटेर भ्रमण गरेको निर्मल ठोरी उपभोक्ता समितिले जानकारी दिएको छ ।स्काई वाक भ्यु टावर निर्माण पछि गोले डाँडाको स्वरुप नै फेरिएको स्थानीय होटल तथा पर्यटन व्यवसायी सुदीप थापाले बताए ।

पछिल्लो समय ठोरीमा एकपछि अर्को गर्दै प्राकृतिक स्थानसंग जोडिएर पार्क निर्माण ,होटल,रिसोर्ट, क्याफे,भ्यु टावर लगायत सञ्चालनमा आउँदा ठोरीको पर्यटन क्षेत्रले फड्को मार्न थालेको ठोरी जंगल रिसोर्टका सञ्चालकसमेत रहेका थापाले बताए । अहिले हरेक दिन ३०० भन्दा बढी पर्यटक ठोरी घुम्न आउने गरेको उननले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here