41.3 C
Birgunj
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
spot_img

ईप्रका कर्मैयाका सई यादवको सक्रियतामा अबैध काजु बरामद, ट्रक चालक पक्राउ

वीरगंज । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले ठूलो मात्रामा तस्करीको समान भुसभित्र लुकाएर ल्याइँदै गरेको काजु बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि) सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा आइतबार बिहान ११:३० बजेको समयमा मदनपुरबाट काठमाडौंतर्फ गइरहेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक जाँच गर्दा परालको भुसभित्र लुकाएर राखिएको ८२० केजी काजु फेला पारेको हो।

प्रहरीका अनुसार काजु २८ वटा प्लास्टिकको बोरा र त्यसभित्र ८२ वटा प्लास्टिकका बाल्टिनमा, १०/१० केजीका दरले राखिएको थियो। बरामद काजुको अनुमानित मूल्य १२ लाख ३० हजार रुपैयाँ बराबर छ। साथै तस्करीमा प्रयोग गरिएको ट्रकको मूल्य २५ लाख रुपैयाँ रहेको बताइएको छ।

कुल ३७ लाख ३० हजार रुपैयाँ बराबरको मालसामानसहित बरहथवा नगरपालिका–१३ बसबरीया निवासी ५६ वर्षीय ट्रक चालक राजबंशी झालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हाल ट्रक, काजु र चालकलाई ईलाका प्रहरी कार्यालय कर्मैयामा राखी कागजी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाउने तयारी भइरहेको छ।

स्थानीयवासीले प्रहरीको सक्रियता र निगरानीप्रति प्रशंसा व्यक्त गर्दै तस्करी नियन्त्रणमा देखिएको तत्परतालाई सकारात्मक कदमका रूपमा लिएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here