वीरगञ्ज, असार १५ ।
वीरगञ्ज महानगरपालिकाको सहयोगमा तथा नेपाल आजतक मिडिया प्रालिको आयोजनामा सञ्चालित तीन दिने “आम सञ्चार माध्यममा तथा सञ्चारकर्मीहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम” आज सफलता पुर्वक सम्पन्न भएको छ।
कार्यक्रम वीरगञ्जस्थित होटेल वृन्दावनमा असार १३ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा विभिन्न संचार माध्यममा आबद्ध सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिताहरु रहेको थियो।
कार्यक्रमको प्रमाणपत्र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले गर्नुभएको थियो। उहाँले सञ्चारकर्मीहरूको सीप, निपुणता र नैतिकतामाथि जोड दिँदै यस्ता कार्यक्रमले पत्रकारिताको गुणस्तर बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
तीन दिनसम्म सञ्चालित प्रशिक्षण कार्यक्रममा सञ्चार नीतिनियम, समाचार लेखन, भण्डारण प्रविधि, डिजिटल सुरक्षा, मोबाइल पत्रकारिता लगायतका विविध विषयमा विशेषज्ञहरूले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमको समापन सत्रमा सहभागी सबै सञ्चारकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्।

