28.6 C
Birgunj
spot_img

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं,१५ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका अजेन्डाका विषयमा छलफल हुनेछ । यस्तै, पार्टीको क्रियाशील सदस्यता नवीकरणका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

कांग्रेसको सोमबार सुरु हुने केन्द्रीय समितिको बैठकमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समिति बारे निर्णय हुनसक्ने बताइएको छ ।

कांग्रेसको गत फागुन १ गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई निर्देशन दिए पनि उनीहरूले सो समयमा महाधिवेशन गर्न सकेका छैनन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here