22.8 C
Birgunj
spot_img

समाजवादी प्रेस संगठन मधेस प्रदेश कमिटी पुनर्गठन, अध्यक्षमा पटेल

वीरगंज,११ असार ।  समाजवादी प्रेस संगठन नेपाल, मधेस प्रदेश कमिटीको बिस्तारित बैठक आज महोत्तरीको बर्दिबासस्थित दिपक पार्टी प्यालेसमा सम्पन्न भएको छ। संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले बैठकको उद्घाटन गर्दै पत्रकारलाई स्वतन्त्र रूपमा लेख्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष श्रेष्ठले पत्रकारमाथि चौतर्फी प्रहार भइरहेको उल्लेख गर्दै पत्रकारितामा स्वतन्त्रता अत्यावश्यक भएको बताए। साथै, अदालतसम्बन्धी समाचार लेखेकै कारण आफू र ‘दृष्टि’ पत्रिकाविरुद्ध मुद्दा दायर गरिएको स्मरण गर्दै उनले न्यायिक प्रक्रिया प्रतिको विश्वास व्यक्त गरे।

बैठक संगठनका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज बृजलाल पासवानको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले मधेस प्रदेश कमिटीलाई पुनर्गठन गर्दै मनोज पटेललाई अध्यक्ष चयन गरेको छ। उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा प्रमोद चलिसे, सह–सचिवमा ममता बिश्वकर्मा र कोषाध्यक्षमा रामपुकार यादव चयन भएका छन्।

बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मनोज चौधरी, संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज छतुकुली, महासचिव रोहित दहाल, कोषाध्यक्ष भतरराज पोखरेल, सचिवालय सदस्य रेविन्द्र कार्की, केन्द्रीय सदस्य जितलाल श्रेष्ठ लगायतको उपस्थिति थियो।

संगठनले पत्रकार हित, स्वतन्त्रता र सुरक्षित पत्रकारिताका पक्षमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here