13.1 C
Birgunj
spot_img

सबै प्रदेशमा वर्षाको सम्भावना:चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं०५,जेष्ठ ।  देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। आज (बिहीबार) देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपालमा मनसुन प्रवेश गरेको तीन साता नाघ्दा पनि अझै लुम्बिनीको पश्चिम, कर्णाली र सुदूरपश्चिममा पुगेको छैन । सरदरभन्दा दुई साताअघि १५ जेठमा कोशी प्रवेश गरेको मनसुन २९ जेठमा पश्चिममा गण्डकी र लुम्बिनीको पूर्वी भूभागससम्म पुगेको थियो।

मनसुनी वायु नपुगे पनि कर्णाली र सुदूरपश्चिममा पानी परिरहेकै छ। स्थानीय र पश्चिमी वायुको प्रभावले ती क्षेत्रमा पानी परिरहेको महाशाखाले जनाएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here