29.4 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

बाँके : गुजरटोलमा लामो प्रतीक्षा पछि कालोपत्र सडक

बाँके,०४ असार । कोहलपुर नगरपालिका–४ स्थित गुजरटोलमा एक सय ८० मिटर सडक कालोपत्र गरिएको छ । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमबाट रु २३ लाख ९६ हजार २१८ को लागतमा सो सडक कालोपत्र गरिएको हो।

राप्तीसोनारी गाउँपालिका–९ स्थित अनमोल निर्माण सेवाले वैशाख २८ गते सम्झौता गरेर जेठ ३० गतेभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको सहलगानीमा सञ्चालित गुजरटोलको बाटो कालोपत्र गर्ने कार्य सम्पन्न भएपश्चात गुजर टोलवासीमा खुसी छाएको वडा नं ४ का वडाध्यक्ष मुवारक अलि गुजरले बताए। ‘खुसीको कुनै सीमा नै छैन, धेरै पटक प्रयास गर्दा वर्षौपछि बल्ल सडक कालोपत्र भयो’, उनले भने।

वडाध्यक्ष गुजरले अझै केही मिटर सडक कालोपत्र गर्न बाँकी रहेको जानकारी दिँदै बाँकी सडक नयाँ आर्थिक वर्षमा सम्पन्न हुने बताए। सडक कालोपत्र भएको सो बस्ती कोहलपुर बजारबाट साढे तीन किलोमिटर पश्चिममा पर्छ। यो एक सय ३० वर्ष पुरानो बस्ती रहेको वडाध्यक्ष गुजरले बताए । नगर क्षेत्रमा विकास निर्माण कार्य भएता पनि बजार क्षेत्रबाट नजिकै अवस्थित रैथाने मुस्लिम समुदायको बाक्लो बस्ती रहेको गुजर टोलमा सडकको विकास भएको थिएन। सो टोलको बाटो कच्ची भएकाले बर्खायाममा स्थानीय बालबालिकालाई विद्यालय आवतआवत गर्न असहज थियो।

सडक कालोपत्र भएपछि गुजरटोलको दुई सय र बेलनपुर बस्तीका एक हजार चार सय मुस्लिम समुदायका बासिन्दामा यातायातको सहजता भएको वडाध्यक्ष गुजरले बताए। नगरपालिका क्षेत्रमा अहिले १८ वटा सडक स्तरोन्नति तथा तटबन्धसम्बन्धी आयोजना निर्माणको काम भइरहेको छ। यस्ता योजनाले समावेशी विकास, दिगो पूर्वाधार र जनताको प्रत्यक्ष जीवनस्तरमा सुधार गर्ने दिशामा नगरपालिकालाई नयाँ उचाइमा पुर्‍याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here