13.1 C
Birgunj
spot_img

उदयपुरमा २ जनाको शव फेला

उदयपुर,०४ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जना मृत फेला परेका छन् ।

अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए ।

मञ्जुको शव गाउँकै बाटोमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब दुई सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

उनीहरुका मृत्युको कारण यकिन भइसकेको छैन । ‘शव पोष्टमार्टमका लागि पठाइसकिएको छ र अनुसन्धान जारी छ,’ एसपी योगीले भने ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here