28.6 C
Birgunj
spot_img

सप्तरीमा अनलाइनमार्फत नागरिकता सिफारिस सेवा सुरु

जनकपुर,३१ जेष्ठ । सप्तरीमा असार १ गते अथात् आइतबारदेखि अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु हुने भएको छ ।

नागरिकता वितरणसम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले असार १ गतेबाट अनलाइन प्रणालीबाट सिफारिस सेवा सुरु हुने भएको हो ।

सप्तरीका सबै स्थानीय तहलाई केन्द्रीय नागरिकता सूचना प्रणाली (सिसिआइएमएस) को प्रयोग गरी नागरिकताका लागि अनलाइन प्रणालीबाट सिफारिस गरेर पठाउन सबै तयारी पूरा भइसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

अनलाइन सिफारिसका लागि दुई महिना अघिदेखि तयारी थालिएको र जिल्लाका १८ वटै पालिकाका जनशक्तिलाई त्यसका लागि तालिम समेत दिई सकिएको प्रशासकीय अधिकृत जितेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
वडा कार्यालयबाट अनलाइन सिफारिस सुरु भएपछि सेवाग्राहीले धेरै कागज बोक्ने झन्झटबाट मुक्त हुने उहाँले बताउनुभयो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here