13.1 C
Birgunj
spot_img

भारतको विमान दुर्घटनाप्रति नेपालको दुःख व्यक्त

काठमाडौँ,२९ जेष्ठ । भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटना भएको छ ।

बिहीबार भएको उक्त दुर्घटनाको नेपालले दु:ख व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ट्वीटरमार्फत दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले ट्वीटरमा लेख्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्,’भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दछु ।’

यस्तै परराष्ट्रमन्त्री डा.देउवाले पनि विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरिन् । उनले ट्वीटरमा लेखेकी छन्,’यस अफ्ठ्यारो समयमा हामी भारतको साथमा छौँ ।’

२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो। विमानमा सवार २४२ जनामध्ये यात्रुहरुमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here