28.6 C
Birgunj
spot_img

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

कञ्चनपुर,२९ जेष्ठ । शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित सडकमा म.१ क २३३ नम्बरको टिपरले म.प्र.०३-०३७ प २१७३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ दिपनगर बस्ने ३० वर्षीय वीरेन्द्र थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here