15.4 C
Birgunj
spot_img

वीरगंजमा संयुक्त आगलागी नियन्त्रण अभ्यास सम्पन्न

वीरगंज,२९ जेष्ठ । विपदजन्य आगलागीबाट हुन सक्ने क्षति न्यूनीकरण तथा नियन्त्रण गर्ने उद्देश्यले पर्सा जिल्लाकाे सदरमुकाम वीरगंजमा Fire Extinguisher प्रयोग सम्बन्धी Demonstration तथा संयुक्त अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।प

र्सा जिल्लास्थित सम्बन्धित कार्यालयको संयोजन तथा मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगंज) सँगको सहकार्यमा अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो। अभ्यासमा सि.प्र.अ.को कमाण्डमा कार्यालयबाट ५५ जना, जु.प्र.अ.को कमाण्डमा मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुरबाट २५ जना तथा स्थानीय १५ जना गरी जम्मा ९५ जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा Fire Extinguisher प्रयोग गर्ने विधि सम्बन्धी Demonstration गरिएको साथै सम्भावित आगलागी नियन्त्रण गर्न सकिने उपायहरूको अभ्यास गरिएको थियो। अभ्यासले सहभागीहरूलाई विपद् अवस्थामा चाँडो र प्रभावकारी रूपमा प्रतिकार गर्ने क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here