13.1 C
Birgunj
spot_img

चितुवाको आक्रमणबाट तनहुँमा बालकको निधन

पोखरा,२७ जेष्ठ । तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ ।

सोमबार साँझ करिब साढे ७ बजेको समयमा ६ वर्षीय उत्सव गुरुङ आफ्नै घरको आँगनमा बसिरहेको बेला चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्काल बन्दिपुर अस्पताल लगिएको थियो । तर अस्पताल पुराउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here