13.1 C
Birgunj
spot_img

वीरगंजमा ट्राफिक सप्ताह: जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन

वीरगंज,२४ जेष्ठ । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ट्राफिक सप्ताह २०८२ अन्तर्गत तेस्रो दिन पनि वीरगंजमा जनचेतनामूलक कार्यक्रमहरू मार्फत सडक सुरक्षाका सन्देशहरू फैलाइएको छ।

ट्राफिक सप्ताहको तेस्रो दिन अस्थायी ट्राफिक प्रहरी पोस्ट बसपार्कमा “साप्ताहिक जेब्रा क्रसिङ, बाटो र सडक पेटी” अभियान सञ्चालन गरियो। कार्यक्रममा ट्राफिक नियमसम्बन्धी सचेतना पर्चा तथा पम्पलेटहरू वितरण गरिनुका साथै, नागरिकलाई सुरक्षित सडक प्रयोगबारे जानकारी दिइयो।

मिलन चोकमा पनि प्रहरी नायब निरिक्षक गुननिधि खकुरेलको नेतृत्वमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको समन्वय जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए।

गण्डक, बसपार्क लगायतका विभिन्न ट्राफिक पोस्टहरूमा आयोजित कार्यक्रमहरू मार्फत सवारी चालक, यात्रु तथा पैदलयात्रुहरूलाई ट्राफिक नियमहरू बारे व्यवहारिक जानकारी दिइएको थियो। यस क्रममा सचेतनामूलक स्टिकर टाँस्ने, पर्चा वितरण गर्ने तथा सडक सुरक्षा सम्बन्धी प्रत्यक्ष संवादसमेत गरियो।

प्रहरी निरीक्षक भट्टका अनुसार ट्राफिक सप्ताहको अवसरमा आगामी दिनहरूमा वीरगंजका थप क्षेत्रमा सडक सुरक्षा अभियानहरू सञ्चालन गरिनेछ। उनले नागरिकको सक्रिय सहभागिता र सहकार्यमार्फत सुरक्षित तथा अनुशासित यातायात प्रणाली विकास गर्न ट्राफिक सप्ताहलाई अवसरका रूपमा लिइएको स्पष्ट पारे।

ट्राफिक प्रहरीको भनाइ:
“सडक सुरक्षाको जिम्मेवारी सबैको हो। जनचेतनामूलक अभियानमार्फत हामी सजग र अनुशासित यातायात संस्कृतिको विकासमा योगदान पुर्‍याउन चाहन्छौं।”

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here