13.1 C
Birgunj
spot_img

वीरगंजमा एकीकृत भन्सार प्रणालीको शुरुवात साउनदेखि

वीरगंज,२३ जेष्ठ । पर्सा जिल्लाको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय अब वीरगंज भन्सार कार्यालयमा गाभिने भएको छ। संघीय सरकारको निर्णयअनुसार आगामी साउनदेखि यी दुई छुट्टाछुट्टै कार्यालयहरू एउटै प्रशासनिक संरचनामा समेटिने छन्।

हाल वीरगंज भन्सार मातहतमा एकीकृत जाँचचौकी (ICD) सञ्चालनमा रहेको छ भने सुक्खा बन्दरगाहले छुट्टै रूपमा भन्सार सेवा दिँदै आएको छ। तर अब यी दुवै निकाय एकीकृत प्रणालीमा समेटिने छन्। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार यो गाभिने प्रक्रिया साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको आधुनिक संरचना हो, जुन विश्व बैंकको ८२ करोड रुपैयाँ ऋण लगानीमा निर्माण गरिएको थियो। चालू आर्थिक वर्षको पहिलो १० महिनामै बन्दरगाहले ४१ अर्ब १८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको छ।

भारत सरकारले करिब २० करोड रुपैयाँ खर्चेर रक्सौलदेखि सिर्सियासम्म रेलमार्ग निर्माण गरी नेपालसँगको पारवहन प्रणाली अझ सुलभ बनाएको छ। सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गरिरहेको छ, जसले भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टसँग पाँच वर्षका लागि ३ अर्ब ३३ करोड रुपैयाँमा व्यवस्थापन ठेक्का सम्झौता गरेको थियो। यो सम्झौता आउँदो असार मसान्तमा समाप्त हुँदैछ।

यससँगै, वीरगंज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह एउटै प्रणालीमा आएपछि कामको दोहोरोपन हट्ने, प्रशासनिक दक्षता बढ्ने र सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ। निजी क्षेत्रद्वारा सञ्चालित जाँचचौकी प्रणालीले पनि भविष्यमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here