30.5 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

सशस्त्र प्रहरीको उद्धार अभ्यासमा दु:खद घटना, दुई गोताखोर बेपत्ता

सुुनसरी,२२ जेष्ठ ।  सप्तकोशी नदीमा डुबेर दुई सशस्त्र प्रहरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी छन्। सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढी पहिरो विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि आज अभ्यास गरिरहेको थियो । गोताखोरसहितको टोलीले अभ्यास गर्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् ।

प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट आज सुनसरी र सप्तरीको बीचमा पर्ने सप्तकोशी नदीमा विपदमा परेका व्यक्तिहरूलाई कसरी उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहेको थियो । अक्सिजनसहितको प्रहरीको टोलीले अभ्यास गर्ने क्रममा दुई जना नदीमा डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन्।

उनले नदीमा बेपत्ता भएकाहरूलाई उद्धार गर्न सुनसरी र सप्तरीका प्रहरी युनिटबाट थप जनशक्ति परिचालन गरी उद्धारको काम भइरहेको जानकारी दिए। वर्षातको समयमा बाढी पहिरोबाट फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोरसहितको उद्धार टोलीले अभ्यास गरिरहेको बताइएको छ। घटनास्थलमा सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसहितको टोली पुगेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here