13.1 C
Birgunj
spot_img

उद्योग दर्ताका लागि सात दिनको सूचना : परवानीपुर–४ वडाको निर्देशन

परवानीपुर,२२ जेष्ठ । बाराको परवानीपुर गाउँपालिका–४ मा रहेका सूचिकृत तथा दर्ता नभएका उद्योगहरुमाथि बिहिवार एक संयुक्त टोलीले अनुगमन गर्दै सात दिनभित्र अनिवार्य रूपमा उद्योग दर्ता गर्न निर्देशन दिएको छ।

अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, पालिकाको अनुगमन समिति, गाउँ प्रहरी, इलाका प्रहरी बुनियाद, इलाका प्रहरी प्रसौनिका सुरक्षा अधिकारीहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

उद्योगहरूलाई अनुगमन गरी उद्योग दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि सम्बन्धित सञ्चालकसँग सात दिनभित्र उद्योग दर्ता गर्ने शर्तमा सम्झौता पत्रमा हस्ताक्षर गराई जानकारी तथा पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनमा परेका उद्योगहरू यस्ता छन्ः
१. श्री हरि रिप्याकेजिङ प्रा.लि
२. विना सति पेपर उद्योग
३. प्रदिप पोलोथिन इन्डष्ट्रिज
४. पशुपति कुट उद्योग
५. तराई केमिकल इन्डष्ट्रिज

गाउँपालिका अध्यक्ष कुर्मीले स्थानीयस्तरमा सञ्चालन भइरहेका उद्योगहरूले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गर्नु नीतिविपरीत भएको उल्लेख गर्दै नियमन र पारदर्शिता सुनिश्चित गर्न यस्ता अनुगमन आवश्यक रहेको बताए ।

यसअनुसार निर्धारित समयसीमा भित्र दर्ता प्रक्रिया पूरा नगरे उद्योगहरूमा थप कानुनी कारवाही हुने चेतावनीसमेत दिइएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here