15.4 C
Birgunj
spot_img

पप्पु कन्स्ट्रक्सन प्रकरणमा नयाँ गिरफ्तारी, श्रुती रौनियार काठमाडौंबाट पक्राउ

काठमाडौं,२२ जेष्ठ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

श्रुतीमाथि विश्वासघात र ठगीसम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ । पर्सा प्रहरीले उनलाई पक्राउ गरी पठाउन अनुरोध गर्दै पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंमा पक्राउ गरेको हो ।

उक्त कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुतीको गिरफ्तारी पुष्टि गर्दै आवश्यक अनुसन्धानका लागि उनलाई पर्सा पठाइने जानकारी दिएका छन् । प्रहरीले हाल श्रुतीसँग सम्बन्धित घटनाको थप अनुसन्धान अघि बढाइरहेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here