13.1 C
Birgunj
spot_img

समाजवादी प्रेस संगठन पर्साको पाँचौं बैठक सम्पन्न,संगठन मजबुत बनाउने निर्णय

वीरगंज,१९ जेष्ठ । समाजवादी प्रेस संगठन नेपाल पर्साको पाँचौं जिल्ला बैठक सोमबार बीरगन्जमा सम्पन्न भएको छ। संगठन अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा सम्पन्न बैठकले संगठनलाई अझ मजबुत बनाउँदै पत्रकारको हक, अधिकार र सुरक्षाको सवालमा स्पष्ट र अडिग भूमिकामा रहन प्रतिबद्धता जनाएको छ।

बैठकमा संगठन विस्तार, सशक्तिकरण र पत्रकारिता क्षेत्रका वर्तमान चुनौतीबारे गम्भीर छलफल गरिएको थियो। सहभागीहरूले निष्पक्ष, उत्तरदायी र समावेशी पत्रकारितालाई प्राथमिकता दिँदै एकताबद्ध भएर अघि बढ्ने संकल्प गरेका छन्।

बैठकले जिल्लामा सिर्जना भएको केही अनावश्यक विवादको समाधानमा भूमिका खेलेको भन्दै केन्द्रिय समितिलाई आभार प्रकट गरेको छ। साथै, संगठनलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यले प्रत्येक सदस्यले मासिक रु १०० बचत गर्ने निर्णय गर्दै बचत कोष स्थापना गर्ने निर्णय पनि गरिएको कोषाध्यक्ष सन्तोष साहले बताए।

बैठकमा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज बृजलाल पासवान, केन्द्रीय सदस्य र पार्टी प्रचार विभाग प्रमुख रेविन्द्र कार्कीलाई सम्मान गरिएको सचिव विनोद पटेलले जनाए।

गेटवे होटल, बीरगन्जको घण्टाघरमा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, सल्लाहकार संजय साह, केन्द्रीय सदस्य मनोज पटेललगायतको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन सह-सचिव श्याम सर्राफले गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here