संगठनको केन्द्रीय कार्यालयको बैठकले सचिव पासवानलाई मधेश प्रदेशकाे इन्चार्ज मनाेनयन गरेकाे समाजवादी प्रेस संगठन नेपालका महासचिव रोहित दहालले जानकारी दिए ।
पासवानलाई संगठनको मधेस प्रदेशमा पत्रकारिता क्षेत्रको विकास र संगठनको विस्तारमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ । मनाेनयन पत्रमा उल्लेख भएअनुसार, संगठनको नीति, सिद्धान्त र उद्देश्य अनुरूप संगठनको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न आग्रह गरिएको छ ।

