13.1 C
Birgunj
spot_img

युवामा देशभक्तिको भावना बढाउन सैन्य तालिम अनिवार्य गर्न सुझाव

जनकपुर,१६ जेष्ठ । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले युवाहरुलाई अनिवार्य सैन्य तालिम दिन मधेश सरकारलाई सुझाव दिएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गर्न भन्दै साहले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा एसईई दिएका युवाहरुलाई ६ महिनासम्म अनिवार्य सैन्य तालिम दिई अनुशासन र आत्मरक्षाको सिप विकास गर्नुपर्ने, प्रत्येक परिवारका कम्तिमा एक सदस्यलाई रोजगारी दिनुपर्ने लगायतका बुँदा छन् । यसले रोजगारीका लागि विदेश पलायन रोक्न सहयोग पुग्ने साहको तर्क छ ।

यस्तै सर्वसाधारणले प्रयोग गर्ने मोटरसाइकल नवीकरण शुल्कमा छुट दिनुपर्ने, गंगालाल हृदयरोग अस्पतालको शाखा मधेशमा स्थापना गरी प्राथमिक उपचार निःशुल्क बनाउने, यातायात सेवा सञ्चालन गरी महिलालाई निःशुल्क यात्रा सुविधा दिने व्यवस्था गर्नुपर्ने लगायतका सुझा पनि साहले सरकारलाई दिएका छन् ।

यसैगरी मधेशको इतिहास, संघीयता र लोकतान्त्रिक आन्दोलनबारे शैक्षिक पाठ्यक्रम र प्रशिक्षण सुरु गर्नुपर्ने, सल्हेस पर्यटन करिडोर निर्माण गरी ऐतिहासिक स्थलहरू जोड्ने र जानकी नवमीमा मिथिला सांस्कृतिक रथ यात्रा आयोजना गर्नुपर्ने नेता साहले सुझाव पत्रमा समेटेका छन् ।

यस्तै महादेव धार्मिक करिडोर निर्माण गर्दै पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने र सीमावर्ती क्षेक्रका नागरिकका लागि विशेष कार्यत्रम ल्याई स्वास्थ्य, शिक्षा र पूर्वाधारको पहुँच विस्तार गर्नुपर्ने उनको सुझाव छ ।

यस्ता माग र सुझावहरू प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न सके मात्रै मधेशी जनताको भरोसा संघीयताप्रति थप बलियो हुने नेता साहको भनाइ छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here