35.2 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

एलएस न्युरो एन्ड जेनेरल हस्पिटलमा २१ महिला सहित ५२ जनाले गरे रक्तदान ।

बिरगंज , जेठ १७
एल.एस न्युरो एन्ड जेनेरल हस्पिटलले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्, ।
सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस रक्त दान कार्यक्रममा युवादेखि वृद्धसम्म एवं महिलाहरुको उल्लेखनीय सहभागी रहेको थियो।
कार्यक्रमको मुख्य  उद्देश्य बिरगंजको ब्लड बैकमा   बढदो गर्मीका कारण “रक्त” अभावको सिर्जना भएपछि रक्त आपूर्तिलाई सहजता बनाउने उदेश्यका साथ शुक्रवार १६ गते अस्पतालको परिसरमै उक्त कार्यक्रमको आयोजना गरिएको थियो । समस्या समाधान गर्नुका साथै समुदायमा रक्त दान प्रति जनचेतना अभिवृद्धि गर्नुपर्ने रहेको हस्पिटल का संचालक रामप्रबेश प्रसाद कुर्मिले बताए।
रक्तदान गर्नेहरूमा डा. अर्जुन पटेल, नन्देश सिंह     सुमिन्त्रा कुमारी, गोविन्द साह, विक्रम चौधरी, सुनिल कुमार, दीपक साह, सरगम साह, अनुषा कर्की, करुणा कार्की,  डा. ओम गुप्ता, ऐशा सुनार र सन्दीप कुमारलगायत रक्त दान गरेका थिये ।
कार्यक्रममा सहजीकरण  नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक मनिष गुप्ता र समीर आलमको टोलीले प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री पटेलको उपस्तिथि थियो  भने कार्यक्रमको अध्यक्षता अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीले गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति ब्रिज किशोर पटेल, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, गण्डक प्रहरी बाराका इन्स्पेक्टर टुपेन्द्र श्रेष्ठ,ले ब्लड को पोका हस्तान्तरण गर्दै रक्तदान कार्यक्रम को सुरुवात गरेका थिए ।
स्पिटल प्रशासनका अनुसार आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने र अझ आउने दिनमा  बृहत् रुपमा यस्तो कार्यक्रम गरिनेछ ।

स्वस्थ समाज निर्माणका लागि यस्ता कार्यक्रमहरु अत्यन्तै महत्वपूर्ण हुने भन्दै सहभागीहरूले नियमित रक्तदानका लागि सबैलाई प्रेरित गर्न समेत आग्रह गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here