32.8 C
Birgunj
Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
spot_img

बाढीको प्रकोप: डाइभर्सन बग्दा पूर्वपश्चिम राजमार्ग बन्द

वीरगंज,१६ जेष्ठ । बाढीले सडक कटान गर्दा नवलपरासी पूर्व र नवलपरासी पश्चिममा सवारी आवागमन अवरुद्ध भएको छ । गए रातीदेखिको वर्षाको कारण विभिन्न नदीमा बाढी आउँदा दुवै जिल्लामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पूर्व नवलपरासीमा सडक पूर्ण रूपमा बन्द रहेको नवलपरासी पूर्वका डिएसपी मधु नेपालले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी, चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक (डाइभर्सन) गए राति बाढीले बगाएपछि राजमार्ग ठप्प भएको हो । चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सन बनाइएको थियो। उक्त डाइभर्सनलाई बाढीले बगाइदिएको हो ।

चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएका थिए ।

त्रिवेणी खोलामा गए राति आएको बाढीले तरकारी बोकेको लु ३ च ८४९३ नम्बरको पिकअप भ्यान बगाएको छ । गाडी बाढीले बगाएपछि चालकले फाल हानेर ज्यान जोगाएका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here