41.8 C
Birgunj
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img

मकवानपुरमा भीषण बस दुर्घटना, दुई जनाको ज्यान गयो

हेटौंडा,१२ जेष्ठ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका-३ मा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज साँझ ७ बजेको समयमा त्रिभुवन राजपथ सडकखण्डको गोपाली गाउँबाट पालुङको थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिंडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो।

बस दुर्घटनामा करिब ४० वर्षीय कृष्ण बलामी र सोही उमेरका लोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

डीएसपी अर्यालका अनुसार मृतक दुवै जनाको ठेगाना खुल्न सकेको छैन। मृतक बलामी र ठाकुरलाई प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले बताए । दुवै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र पालुङमै राखिएको छ ।

बस दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरू ठेगाना नखुलेका अन्दाजी ३६ वर्षीय रघुनन्दन यादव र कमलेशकुमार साहको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको डीएसपी अर्यालले जानकारी दिए ।

घाइतेहरू बारा जितपुरसिमरा उपमहानगरपालिका १७ बस्ने ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्हवी नगरपालिका-१ बस्ने ३० वर्षीय रामगुलाम चौधरीको अवस्था सामान्य रहेको र प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको डीएसपी अर्यालले बताए ।

बस चालक मकवानपुरको थाहा नगरपालिका-५ बस्ने २९ वर्षीय राजेश कार्कीलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here