13.1 C
Birgunj
spot_img

आपन भाषा आपन पहचान’ अभियान वीरगंजमा सञ्चालन

वीरगंज,०९ जेष्ठ । वीरगंज महानगरपालिकाको भोजपुरी प्रतिष्ठानले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन गरेको छ ।

उक्त अभियान अन्तर्गत शुक्रबार कन्या माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले मधेशमा भोजपुरी भाषाको प्रचलन र यसको महत्वको बारेमा प्रकाश पार्दै सबैलाई आफ्नो मातृभाषाको विकासमा योगदान पुर्याउन आह्वान गरे। उनले भाषा भनेको के हो, यसको अवस्था र विकासका उपायहरूको बारेमा विद्यालयका कक्षाका विद्यार्थीहरूसँग छलफल गरे।

प्रतिष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोक चित्रकलाको महत्व र यसलाई संरक्षण गर्ने उपायहरूको बारेमा जानकारी दिए। उनले विद्यार्थीहरूलाई चित्र कोर्ने सजिलो उपायहरूको बारेमा प्रयोगात्मक जानकारी प्रदान गरे। कवि र गीतकार आमोद गुप्ताले भोजपुरी गीतमार्फत भाषा र संस्कृतिको महत्वको सन्देश दिए। उनले आफैले लेखेका कविता पनि वाचन गरे र भोजपुरी तथा अन्य कविता लेखनका लागि आवश्यक जानकारी प्रदान गरे।

कार्यक्रममा श्याम सर्राफले मातृभाषाको प्रयोगमा लाज नगरी यसको सकारात्मक पक्षलाई आत्मसात गर्न आग्रह गरे। उनले विरासतमा प्राप्त लोक धुन र लोक गीतहरूको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन माधुरी महतोले गरेकी थिइन्। कार्यक्रममा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

भोजपुरी प्रतिष्ठानले आगामी दिनहरूमा पनि यस अभियानलाई निरन्तरता दिने जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here