16.9 C
Birgunj
spot_img

मानव तस्करीमा प्रधानमन्त्री किन चुप?’ – प्रभु साहको कडा प्रश्न

काठमाडौँ,०९ जेष्ठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एयरपोर्टबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सरकारकै संलग्नतामा भइरहेको बताएका छन् ।

सिंहदरबारस्थित आजपाको संसदीय दलको कार्यालयमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष साहले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भइराख्दा समेत प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक किन मौन बसेको भन्दै उनले नैतिकता प्रदर्शन गर्नुपर्ने बताए ।

‘भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भइरहेको छ । एयरपोर्टबाटै सरकारकै संलग्नता एवं सेटिङमा भइरहेको छ । यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले नै लिनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘प्रधानमन्त्रीजी मौनता साध्नु र गृहमन्त्रीजी प्रतिक्रियाविहीन हुनु भनेको सरकारको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ ।’

नक्कली भुटानी शरणार्थी घटनालाई नै बिर्साउने गरी एयरपोर्टबाटै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी घटनामा प्रधानमन्त्री ओली किन मौन बसेको भन्दै उनले प्रश्न उठाएका छन् । उनले प्रश्न गर्दै भने, ‘एयरपोर्टबाट खुलेयाम मानव तस्करीको विषय सार्वजनिक भइराख्दा प्रधानमन्त्री ओली बोल्नुपर्दैन ? के यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्दैन ? यो गम्भीर प्रश्न हो, सरकारले जवाफ दिनुपर्छ, अलिकति नैतिकता छ भने नैतिकता प्रदर्शन गर्नुपर्छ ।’

एयरपोर्टबाटै सरकारकै संलग्नता र प्रत्यक्ष सेटिङमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी घटनाले नक्कली भुटानी शरणार्थी काण्ड समेत बिर्साएको टिप्पणी उनले गरे । उनले भने, ‘हाम्रै चेलीबेटी समेतलाई बेचेर लुट्ने सरकारको विकल्प खोज्नुपर्छ । भुटानी शरणार्थी घटनालाई बिर्साउने गरी भइरहेको एयरपोर्टको मानव तस्करीमा कांग्रेस र एमालेकै नेताहरूको संलग्नता देखियो ।’

पहिला पनि कांग्रेस–एमालेकै नेताहरू प्रत्यक्ष संलग्न रहेको भुटानी शरणार्थी काण्ड सबैलाई जानकारी भएकै विषय भएको बताउँदै उनले अहिले पनि नेपाली चेलीबेटी समेतलाई लुट्ने, मानव तस्करी गर्ने काम दुई तिहाइको शक्तिशाली सरकारले गर्नु दुःखद भएको बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here