43.1 C
Birgunj
Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
spot_img

तीनकुने आन्दोलन: दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिन हिरासतमा अनुसन्धानको अनुमति

काठमाडौं,०४ जेष्ठ । काठमाडौंको तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप चार दिनको अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्। आइतबार इजलासमा बहस नभएको र म्याद थप मात्रै भएको उनले बताएका छन्।

प्रहरीले उनीहरूमाथि राज्‍यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। यसअघि शुक्रबार मात्रै सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्‍द्र मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो ।
प्रहरीले हिरासतमै राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिटमा न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले हाजिर जमानीमा छाड्‍न आदेश दिएको थियो। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पुनस्र्‍थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो । तर उक्त आन्दोलन हिंसात्मक भएपछि दुई जनाको मृत्यु समेत भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here