जनकपुर,३१ वैशाख । जनकपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-४ का ४५ वर्षीय रविनलाल कर्ण छन् ।
मंगलबार सवा ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजार छेउमा रहेको सार्वजनिक पोखरीमा नुहाउन पसेका उनी डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले रातिदेखि नै उनको खोजी गरेको थियो । तर, आज बुधबार मात्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए ।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।