30 C
Birgunj
spot_img

नेपाल नर्सिङ पेशाकर्मी संघ मधेस प्रदेश कमिटीको प्रथम अधिवेशन बारामा सम्पन्न, नयाँ नेतृत्व चयन

बैशाख १८, बिरगंज  — नेपाल नर्सिङ पेशाकर्मी संघ मधेस प्रदेश कमिटीको प्रथम अधिवेशन बाराको परवानिपुर वाडा नम्बर ५ नौतनस्थित एलएस न्यूरो एण्ड जनरल अस्पतालको सभा हलमा सम्पन्न भएको छ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रमुख अतिथि रमेशकुमार पौडेलको विशेष उपस्थितिमा अधिवेशन भव्य रूपमा सम्पन्न भएको थियो।
कार्यक्रमको संयोजक संघकी सचिव बिनु बज्राचार्यको अगुवाइमा भएको थियो।
अधिवेशनमा संघका उपाध्यक्ष अयोध्या पाठक, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मधेस प्रदेशका अध्यक्ष दिनेश राय, उपाध्यक्ष राधा साह, एमाले नेता अभिषेक गुप्ता, मानदेव हजारा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ १५ सदस्यीय कमिटी चयन गरेको छ। सो निर्वाचित नेतृत्व कमिटी  निम्नानुसार रहेको छ:
• अध्यक्ष: सरिता कुमारी रम्तेल
• उपाध्यक्ष: लक्ष्मी कुमारी साह
• सचिव : ममता यादव
• सह-सचिव : प्रियाँका भारती
• कोषाध्यक्ष : जगत नारायण सिंह
• सदस्यहरू : शर्मिला सिल्पाकार, उषा गुप्ता, किरण चौधरी, नितु सोनी, प्रियाँका राय, मनिसा चौधरी, अभिलाषा फुएल, पुनम पासवान, रुपिता कु. शर्मा, निता लेखी चौधरी
यस अधिवेशनमा मधेस प्रदेशका १५० भन्दा बढी नर्स प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अधिवेशनले नर्सिङ पेशामा ऐक्यबद्धता, पेशागत हक–अधिकार र संघीय संरचनामा सशक्त प्रतिनिधित्वका लागि महत्वपूर्ण मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here