30 C
Birgunj
spot_img

मुख्यमन्त्रीको अनुगमनमा रिपोर्टिङ गर्न गएका पत्रकार यादवलाई सञ्चालकबाट गाेली हान्ने धम्की

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनका क्रममा बन्द गराएकाे निजी अस्पतालकाे रिपोर्टिङ गर्न गएका साझेदारी राष्ट्रिय दैनिकका संवाददाता सन्दीप प्रसाद यादवलाई गोली हान्ने धम्की दिइएको छ ।

शनिबार कलैया उपमहानगरपालिका–६, अस्पताल रोडस्थित योगशिला हस्पिटल प्रा.लि.मा मुख्यमन्त्री सिंहले अनुगमन तथा छड्के निरीक्षण गर्ने क्रममा पत्रकार यादवमाथि यस्तो घटना भएको हो ।

रिपोर्टिङका लागि पुगेका पत्रकार यादवले सडकबाट अस्पतालको तस्बिर खिच्ने क्रममा अस्पतालका सञ्चालक पवन गुप्ता र डाक्टर सुमन प्रसाद साहले दुर्व्यवहार गरेका थिए । उनीहरूले यादवको मोबाइल नियन्त्रणमा लिएर खिचिएका फोटोहरू जबर्जस्ती हटाईदिएका छन् भने, सञ्चालक गुप्ताले पत्रकार परिचयपत्र खोसेर “अश्लील गालीगलौज सहित गोली हानेर मारिदिन्छु भन्ने धम्की दिएकाे पत्रकार यादवले बताए  ।

मोटरसाइकलमा बसेका पत्रकार यादवलाई उनीहरूले अस्पतालको प्राङ्गणमा घेरी सर्वसाधारणकै अगाडि अपमानजनक व्यवहार गर्दै विभिन्न अभद्र शब्द प्रयोग गरेर गाली गरेको पीडित यादवले बताएका छन् ।

डाक्टर सुमन प्रसाद साहले समेत दुर्व्यवहार गरेको पत्रकार यादवले बताए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले अस्पतालका सञ्चालक पवन गुप्तालाई नियन्त्रणमा लिएको छ भने डाक्टर सुमन प्रसाद साह फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार रहेका साहको खोजी कार्यय भइ  रहेको जानकारी दिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here