बिरगंज पर्सा,
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सरगर्मी बढेको छ ।त्रिभुवन विद्यालयले स्ववियु निर्वाचन घोषणा गरे संगै चैत ५ गते हुने चुनावका लागि विद्यार्थी नेताहरुले आ-आफ्नो तयारीमा लागिपरेका छन् । यसैबीच विद्यार्थी संगठनबीच स्ववियुका विभिन्न पदहरुमा टीकटको दौडधुप र आन्तरिक प्रतिस्पर्धा पनि तीव्र भएको छ ।
यसै बिच ठाकुर राम क्याम्पसमा बि.बि.एस तर्फ तेस्रो वर्षमा अध्ययनरत राजु गुप्ताको लोकप्रियता बढै गएको छ । बिद्यार्थीहरुमाझ मिलनसार रहेका उनि यो पालीको चुनावमा उम्मेद्बारी दिने बताएका छन । उनले ‘स्ववियू`निर्वाचन कुनै पनि हालतमा यो वर्ष ठाकुर राम क्याम्पसमा हुनुपर्ने उनको जोड । हरेक पाली नेपालको अरु कलेजहरुमा चुनाव हुने तर अन्तमा ठाकुर राम क्याम्पसमा भने आपसी द्वन्द्वका कारण चुनाव स्थगित हुनु बिद्यार्थीहरुको लागि दु:खको कुरो हो ।
स्ववियू निर्वाचन भनेको विद्यार्थीहरुको हकहितको लागि हो। विद्यार्थीहरुको ठूलो त्याग तपस्याबाट बनाइएको यो प्रणाली केहि सिमित ब्यक्तिको खरब मनसायका कारण लामो समयसम्म ठाकुर राम क्याम्पसमा चुनाव हुन सकेको छैन । विद्यार्थी नेतृत्व र स्ववियू निर्वाचन भनेको भोलिका देशको नेतृत्व उत्पादन हुने थलो हो। यस हिसावले पनि यो पाली निर्वाचन हुनैपर्ने उनले बताए ।
त्यस्तै उनले आफू संग भारी संख्यामा विद्यार्थीहरुको सहानुभूति र साथ रहेकोले आफू जुनपनी पदमा उम्मेद्बारी दिए बिजय हासिल गर्ने उनले बताए । विद्यार्थीहरुको हक हितको लागि आफू सधै लडने तयार रहेको बताए ।
अहिले ठाकुर राम क्याम्पसमा प्राध्यापक एवम् शिक्षकहरु निजि क्याम्पसका ठेकेदार भएको तथा ठाकुरराम क्याम्पसको पठनपाठनमा ध्यान नदिएको ,कर्मचारीहरुको अभाव उसतै छ। भएकै कर्मचारीहरुको लापरवाहीका कारण ठाकुर राम बहुमुखि क्याम्पसको शैक्षिक स्तर दिन प्रतिदिन खसिकदै गइरहेको जस्ता गतिविधि रोक्न आफू सदेव तत्परता देखाउने गुप्ताले बताए ।